२ कार्तिक २०८३, सोमबार

सन्दीप सहभागी टिमको दोस्रो लज्जास्पद हार, नेपाली खेलाडी ११ भित्र पर्नै सकेनन्

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली, २९ चैत । इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेट अन्तर्गत बुधबार बेलुका भएको खेलमा राजस्थान रोयल्स विजयी भएको छ । ११ औँ संस्करणको पहिलो खेलमा पराजित भएको राजस्थानको यो पहिलो जित हो ।

राजस्थानले दिल्ली डियरडेभिल्सलाई डकबर्थ लुइस नियमका आधारमा १० रनले हराएको हो । वर्षाले प्रभावित जयपुरमा भएको खेलमा पहिले ब्याटिङ गरेको राजस्थानले १७ ओभर पाँच बलमा पाँच विकेटको क्षतिमा १५३ रन बनायो ।

दिल्लीले डकबर्थ लुइस नियमका आधारमा ६ ओभरमा ७१ रन बनाउनु पर्ने लक्ष्य पायो । तर उसले निर्धारित ओभरमा चार विकेटको क्षतिमा मात्रै ६० रन बनाउन सक्यो ।

दिल्लीका लागि क्रिस मोरिसले ७ बलमा नटआउट १७ तथा ऋशव पन्तले १४ बलमा २० रन बनाए । यस्तै ग्लेन म्याक्सवेलले १२ बलमा १७ रनको योगदान दिए पनि जित दिलाउन सकेनन् ।

यसअघि पहिले ब्याटिङ्ग गरेको राजस्थानले अजिन्क्या राहाणेको ४५ तथा सन्जु सामसोनको ३७ रनको सहयोगमा १७ ओभर ५ बलमा १५३ रन बनाएको थियो ।

नेपालका सन्दीप लामिछाने अनुबन्धित भएको टिम दिल्लीको यो दोस्रो हार हो । लामिछाने दुवै खेलमा प्लेइङ्ग इलाभेनमा परेका छैनन् । – एजेन्सी