
काठमाडौँ, २८ चैत । एनआईसी एशिया बैंक लिमिटेडले बैंकको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने नयाँ सञ्चाकलहरु मनोनित गरेको छ ।
नयाँ सञ्चालक समितिमा अर्जुनराज खनियालाई सञ्चालक समितिको अध्यक्षमा मनोनित गरिएको छ । अध्यक्ष खनियाले नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक नारायण प्रसाद पौडेलबाट पद तथा गोपनियताको सपथ लिए ।
खनियाले एनआईसी एशिया बैंकको मुख्य जनसम्पर्क अधिकृतको रुपमा कार्यरत हुनुका साथै उनले बैंकको योजना तथा रणनीति तर्जुमा एवं कार्यान्वयनमा अत्यन्त कुशल भूमिका निर्वाह गर्दै आएका छन् ।
प्रदेश नम्बर ६ को जाजरकोट खलंगामा केन्द्रिय कार्यालय स्थापना गरि मिति २०७४ मंसिर १२ गते देखि सञ्चालनमा आएको लघुवित्त वित्तिय संस्थामा बैंकको तर्फबाट मनोनित अन्य सञ्चालकहरुमा दिनेश भारी, विशाल सिग्देल, तेजराज तिमिल्सिना र पदम ठकुल्ला छन् ।
साथै, एनआईसी एशिया बैंकले मुलुकभर गरी १९२ शाखा कार्यालय, १९६ एटिएम, ४ वटा एक्स्टेन्सन काउन्टर एवं ४ वटा शाखारहित बैंकिङ्गमार्पmत् बैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
बैंकको वासलातको आकार रू १५५ अर्ब भन्दा वढि पुगेको छ भने बैंकको कुलकर्जा करिब रू १०७ अर्ब र कुलनिक्षेप करिब रू १३१ अर्ब पुगिसकेको छ ।















प्रतिक्रिया