१ कार्तिक २०८३, आइतबार

सुनकोसी पुल आजबाट सञ्चालनमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

उदयपुर, ७ पुस । उदयपुरको घुर्मी र ओखलढुङ्गाको हर्कपुर जोड्ने १७० मिटर लम्बाइको पुल सोमबारदेखि सञ्चालनमा आएको छ ।

भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री विमलेन्द्र निधिले पुलको सोमबार उद्घाटन गर्नुभयो ।

उद्घाटन समारोहमा त्यस क्षेत्रका स्थानीयवासी, त्यहाँबाट प्रतिनिधित्व गर्ने सभासद्हरुलगायतको उपस्थिति रहेको थियो ।

ट्रष्टसहितको ढलानद्वारा निर्मित रु २० करोड ४३ लाख लागतको उक्त पुल २०५९ साल असार २६ गते ठेक्का सम्झौता भई गत वर्ष निर्माण सम्पन्न भएको भनिए पनि गत जेठमा हावाले उडाएर केही संरचना भत्किएको थियो ।

पाँच सय ७० टन आल्मुनियमको प्रयोग गरिएको उक्त पुल काठमाडौँबाट १७२ किमि टाढा रहेको छ भने पुलबाट ओखलढुङ्गा जिल्लाको सदरमुकाम ४२ किमि टाढा रहेको छ ।

पुल निर्माणसँगै ओखलढुङ्गा, उदयपुर, सोलुखुम्बु, खोटाङलगायतका जिल्लाका स्थानीयवासीको जीवनस्तर वृद्धि एवम् आर्थिक समुन्नतिमा कायापलट हुने विश्वास लिइएको छ । रासस