३ कार्तिक २०८३, मंगलबार

डिआइजी रमेश खरेलले राजीनामा दिँदै के भने ?

118.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ चैत । नेपाल प्रहरीका नायव महानिरिक्षक (डिआइजी) रमेश खरेलले प्रहरी संगठनको सेवाबाट अलग्गिएको घोषणा गरेका छन् ।

सरकारले मंगलबार नेपाल प्रहरी प्रमुखका सर्वेन्द्र खनाललाई नियुक्ति गरेपछि बुधबार उनले यस्तो घोषणा गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत प्रहरी प्रमुखमा नियुक्त खनाललाई बधाई दिँदै उनले भनेका छन्,‘नवनियुक्त प्रहरी महानिरिक्षक ज्युलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै २९ वर्षको सेवा अवधिबाट अलग्गिने निर्णय गर्दछु । साथै नेपाल प्रहरी संगठन तथा सम्पूर्ण प्रहरी परिवार दाजुभाई तथा दिदीबहिनी प्रति आभार व्यक्त गर्न चहान्छु । जय नेपाल!’

खनाललाई आइजिपीमा बढुवा गर्ने निर्णय गरेसँगै खरेल रुष्ट भएका थिए । खनाल नौ महिना अघि डिआइजीमा बढुवा हुँदा पहिलो नम्बरमा थिए । त्यसअघि प्रहरी निरीक्षकबाट वरिष्ठ प्रहरी उपरीक्षक हुँदासम्म खरेल लगातार पहिलो नम्बरमा थिए । प्रहरी प्रमुखका लागि खनालसँगै खरेल र पुष्कर कार्की प्रतिष्पर्धामा थिए ।