
काठमाडौं, २८ चैत । फूटबलका विश्व महारथी अर्जेन्टिनी विङ्गर स्टार लियोनल मेस्सीले गोल गर्दा स्पेनको बार्सिलोना सहरमा पराकम्पन आउने एउटा वैज्ञानिक अध्ययनले देखाएको छ ।
मेस्सी फूटबल क्लव बार्सिलोनाबाट खेल्छन् । स्पेनका वैज्ञानिकहरूले मेसीले बार्सिलोना फुटबल टीमका लागि गोल हान्दा बार्सिलोना शहरमा ‘साँच्चै नै कम्पन हुने गरेको’ पाइएको बताएका छन् ।
अनुसन्धानकर्ताहरूले क्याम्प नोउ रंगशाला नजिकै कम्पन मापन गर्ने सिस्मोमिटर जडान गरेका थिए ।
र, मेसीले गोल हानेपछि भीडले खुसियाली मनाउँदा त्यस क्षेत्रमा मानिसहरूले महसुस गर्न सकिने कम्पन हुने गरेको उनीहरूले बताएका छन् । गोल हानेको खुसियालीमा समर्थकहरू उफ्रिँदा र तल झर्दा कम्पन बढ्ने गरेको अनुसन्धानकर्ताहरूले उल्लेख गरेका छन् ।
अर्थ साइन्सेस् इन्स्टिच्युटका अनुसन्धानकर्ताहरूले बार्सिलोनामा हुने फुटबल खेलसँग जोडिएका मानवीय गतिविधि र मोटरकारहरूको ट्राफिकले उत्पन्न गर्ने कम्पनहरूबारे अध्ययन गरिरहेका छन् ।
उनीहरूले ती कम्पनले त्यहाँका भवनहरूमा पार्ने प्रभावबारे समेत तथ्याङ्क सङ्कलन गर्न गइरहेका छन् ।
–बीबीसीको सहयोगमा















प्रतिक्रिया