सल्यान, २८ चैत । सल्यान जिल्लाको कपुरकोटमा विषालु हरियो सर्पले गुडिरहेको मोटरसाइकललाई बाटो छेकेर त्यसैमाथि बासेको छ ।
भगवानको स्वरुप भन्दै स्थानीयले मंगलबार राति मोटरसाइकलमा चढेर बसेको सर्पको पूजा गरेका छन् । मंगलबार साँझ ७ बजेतिर कपुरकोट ३ पाखापानीका खिमेन्द्र सेनलाई कपुरकोट बजारबाट घरतर्फ मोटरसाइकलमा जानेक्रममा सर्पले बजार नजिक बाटो छेकेको थियो ।
त्यसपछि सेन मोटरसाइकलबाट झरेर केही व्यक्तिलाई सर्पले बाटो छेकेको खबर गरेका थिए । पछि सन ग ८ प ६८२९ नम्बरको सेनको मोटरसाइकलमा चढेर झरेको थियो । रा ३ प २४११ नम्बरको मोटरसाइकलमा पनि त्यही सर्प चढेको थियो । सर्प मोटरसाइकलको सिटको मुनीतिरको खाली ठाउँमा बसेको थियो ।
सर्प मोटरसाइकलमा बसेपछि स्थानीयले कौतुहलताका साथ मंगलबार रातभरि बसेर हेरेका थिए ।

















प्रतिक्रिया