३ कार्तिक २०८३, मंगलबार

मन्त्रिपरिषदको निर्णय : नेपाल प्रहरीमा सर्वेन्द खनाल र सशस्त्रमा शैलेन्द्र खनाल आइजीपी

6.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २७ चैत । नेपाल प्रहरीको महानिरीक्षकमा सर्वेन्द्र खनाल र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल नियुक्त भएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले खनालद्वयलाई जनपद र सशस्त्र प्रहरीको प्रमुख नियुक्ति गरेको एक मन्त्रीले दैनिक नेपाललाई जानकारी दिए । उनीहरु वरियतामा एक नम्बरमा थिए ।

यसअघि बालुवाटारमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, सत्ता साझेदार माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री रामबहादुर थापाबीच सहमति जुटेको थियो । नेपाल प्रहरीमा खनालसँगै रमेश खरेल र पुष्कर कार्की प्रतिस्पर्धामा थिए।

यसैगरी, सशस्त्रमा शैलेन्द्रसहित अर्का एआइजी पुष्पराम केसी आकांक्षी थिए ।