
काठमाडौँ, २७ चैत । प्रहरी महानिरीक्षक (आइजिपी) नियुक्तिबारे निर्णय गर्न मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने साँझ साढे ७ बजे बस्ने बैठकले नेपाल प्रहरी र सशस्त्र प्रहरीका आइजी नियुक्त गर्नेछ ।
नेपाल प्रहरीका आइजिपी प्रकाश अर्याल र सशस्त्र प्रहरीका आइजिपी सिंहबहादुर श्रेष्ठले बुधबारदेखि ३० वर्षे सेवा हदका कारण अनिवार्य अवकाश पापउने भएकाले सरकारले आजै नयाँ आइजिपी नियुक्ति गर्नुपर्ने बाध्यता छ ।
शीर्ष राजनीतिक तहमा सहमति जुट्न नसक्दा बिहान बसेको मन्त्रिपरिषद् बैठकले महानिरीक्षकबारे निर्णय गर्न सकेको थिएन । आइजिपी नियुक्तिबारे सहमति जुटाउन दिउँसो बालुवाटारमा प्रधानमन्त्री केपी ओलीसहित माओवादी अध्यक्ष पुष्पकमल दाहाल, गृहमन्त्री रामबहादुर थापा बादलको बैठक बसेको थियो ।
नेपाल प्रहरीको आइजीका लागि सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्कीबीच तीव्र प्रतिस्पर्धा छ । त्यस्तै सशस्त्र प्रहरी महानिरीक्षकका लागि शैलेन्द्र खनाल र पुष्पराम केसी दौडमा छन् ।















प्रतिक्रिया