१ कार्तिक २०८३, आइतबार

एनआईसी एशिया बैंकको नयाँ शाखा नवलपरासीको गैंडाकोटमा

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २७ चैत । एनआईसी एशिया बैंकको नयाँ शाखा गैंडाकोट नगरपालिका–४ कांग्रेसचोक, नवलपरासी स्थित गैंडाकोट शाखाको मंगलबार एक समारोहकाबीच गैंडाकोट नगरपालिकाका मेयर छत्रराज पौडेल एवं बैंकका संचालक राजेन्द्र प्रसाद अर्यालबाट संयुक्त रुपमा विधिवत् उदघाटन भयो ।

कार्यक्रमका प्रमुख अतिथि छत्रराज पौडेलले स्थानीय निकायमा बैंकिङ सेवा नपुगेको एवं त्यहाँ बसोबास गर्ने सबै व्यापारी, व्यवसायी तथा स्थानीय सर्वसाधारण, कर्मचारीहरु समेतलाई समस्या परिरहेको कुरालाई एनआईसी एशिया बैंक लिमिलेडले अवलम्बन गरेको शाखा विस्तारको रणनीतिले सबैमा खुशी छाएको जानकारी गराए ।

साथै उक्त कार्यक्रममा संचालक राजेन्द्र प्रसाद अर्यालले बैंकले आमसर्वसाधारणको बृहत्तर हितप्रति समर्पित उत्कृष्ट बैंकिङ्ग सेवा एवं सुविधाहरु प्रदान गर्दै आइरहेको एवं राष्ट्रकै अग्रणी वाणिज्य बैंकको रुपमा रहेको यस बैंकले विभिन्न ग्राहकमुखी योजनाहरू पस्केर ग्राहक महानुभावहरुलाई लाभान्वित बनाईरहेको एवं भविष्यमा समेत यस्ता कार्यलाई निरन्तरता दिने कुराको समेत जानकारी गराए ।

साथै, बैंकलाई सर्वसाधारणबाट दर्शाएको प्रगाढ विश्वास, अगाध स्नेह र भरोसाले गर्दा मुलुकभर गरी १९२ शाखा कार्यालयहरु, १९५ एटिएम, ४ वटा एक्स्टेन्सन काउन्टर एवं ४ वटा शाखारहित बैंकिङ्ग मार्फत बैकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो संजाल भएको बैंक हुन सफल भएको छ ।

बैंकको वासलातको आकार १५५ अर्ब भन्दा बढी पुगेको छ भने बैंकको कुल कर्जा करिब १०७ अर्ब र कुल निक्षेप करिब १३१ अर्ब पुगिसकेको छ । यो सँगै वासलात, कुल कर्जा तथा कुल निक्षेपको आकारको हिसाबले निजी लगानीमा स्थापित बैंकहरुमध्ये अग्रणी स्थानमा रहेको छ ।

साथै, संस्थागत सुशासन, जोखिम ब्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।
बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।