
काठमाडौं, २७ चैत । नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरिक्षकको बढुवा आजैको मन्त्रिपरिषद्ले गर्ने भएको छ ।
प्रहरी प्रमुखको विषय टुङ्गो लगाउनका लागि प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री रामबहादुर थापा बादलले छुट्टै परामर्श गर्ने भएका छन् ।
बालुवाटारमा परामर्शमै भावी प्रहरी प्रमुखको नाम टुङ्गो लगाएर मन्त्रिपरिषद् बैठकमार्फत निर्णय गरिने बताइएको छ ।
माओवादी अध्यक्ष प्रचण्डले नेपाल प्रहरीतर्फ सर्वेन्द्र खनाल र सशस्त्र प्रहरीमा शैलेन्द्र खनाललाई आइजी नियुक्ति गर्नका लागि प्रधानमन्त्री ओलीलाई सुझाव दिएका थिए । तर ओली भने नेपाल प्रहरीमा पुष्कर कार्की र सशस्त्र प्रहरीमा पुष्पराम केसीलाई आइजी बनाउने मनसायमा रहेकाले विहानको मन्त्रिपरिषद्मा यो प्रस्तावले ठाउँ पाएन ।
नेपाल प्रहरीमा खनाल, कार्कीसँगै रमेश खरेलको नाम पनि प्रहरी प्रमुखका लागि चर्चामा छ भने सशस्त्रमा खनालसहित केसीको चर्चा चलिरहेको छ ।















प्रतिक्रिया