
कैलाली, २७ चैत । काठमाडौँ गोल्डेन्सलाई हराउँदै टिम चौराह धनगढी धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । मंगलबारको खेलमा धनगढीले काठमाडौँलाई १ विकेटले पराजित गरेको हो ।
काठमाडौँ गोल्डेन्सले दिएको १२८ रनको लक्ष्य धनगढीले १९.५ बलमा ९ विकेटको क्षतिमा भेट्टायो । धनगढीका लागि रोहन मुस्तफाले सर्वाधिक ३३ रन बनाए । त्यस्तै, शंकर रानाले २८, सोनु तामाङले १४ र सुनिल धमलाले १३ रन जोडे । काठमाडौँका सन्नी पटेल, रासिद खान र सहाब आलमले समान दुई/दुई तथा सुबोध भाटी र ललित राजवंशीले एक–एक विकेट लिए ।
यसअघि धनगढीस्थित संघीय प्रहरी इकाईको मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौँले २० ओभरमा ९ विकेट गुमाएर १२७ रन बनाएको थियो । काठमाडौँका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ३८ रन बनाए । त्यस्तै अमित श्रेष्ठले ३६, पुष्प थापाले नटआउट १६ र भुपेन्द्र थापाले १० रन बनाउनु बाहेक अन्य कुनैपनि खेलाडीले उल्लेख्य रन जोडन सकेनन् । धनगढीका कप्तान सोमपाल कामीले र ललित भण्डारीले दुई–दुई तथा सुनिल धमला, समशेद शेख र रोहन मुस्तफाले एक–एक विकेट लिए ।
पराजित भएपनि काठमाडौँले फाइनलमा प्रवेशका लागि अर्को मौका पाएको छ । मंगलबार नै हुने महेन्द्रनगर युनाइटेड र सीवाईसी अत्तरियाबीचको टोलीसँग काठामाडौंले फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ ।















प्रतिक्रिया