३० आश्विन २०८३, शुक्रबार

ट्रम्पलाई अर्का उच्च अधिकारीले पनि छाड्ने

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

घटनाप्रति दुःख व्यक्त गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्प । तस्वीरः क्यारोलिन क्याष्टर/एपी

वासिङटन, २६ चैत । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अर्का एक उच्च अधिकारीले पनि साथ छाड्ने भएका छन् । राष्ट्रपति भएदेखि नियुक्त भएकामध्ये केहीलाई उहाँले नै हटाउनु भएको छ भने केहीले उहाँलाई नै छाडेका छन् ।

पछिल्लो पटक राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता मिचेल एन्टोनले कार्यालय त्याग्ने तयारी गर्नुभएको राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले आइतबार जनाएको छ ।

ट्रम्पको तेस्रो सुरक्षा सल्लाहकारको पदमा पूर्व कुटनीतिज्ञ जोन बोल्टोन सोमबार नियुक्त हुनुभएको कार्यालयले जानकारी दिएको छ ।

एन्टोनले कहिलेदेखि कार्यालय छोड्नुहुने छ भन्ने बारेमा भने अहिलेसम्म स्पष्ट भइनसकेको ह्वाइट हाउसका अधिकारीहरुले बताएका छन् ।

एन्टोनलाई ट्रम्पका पहिलो राष्ट्रिय सुरक्षा सल्लाहकार मिचेल फलाइनले सुरक्षा परिषद्मा ल्याउनु भएको थियो । रासस/सिन्ह्वा