१ कार्तिक २०८३, आइतबार

प्रदेश सरकारले खेलकुदको योजनालाई प्रथमिकता दिन्छ : मुख्यमन्त्री गुरुङ

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– बेलिना थापा
लमजुङ, २६ चैत । प्रदेश नम्बर ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशले खेलकुदको योजनालाई प्राथमिकता दिने बताएका छन् । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ जिल्लाव्यापी विद्यालयस्तरीय दशौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको सोमबार उद्घाटन गर्दै सो कुरा व्यक्त गरेका हुन् ।

खेलकुदको क्षेत्रको विकास भएमात्र विकास निर्माणले गति लिनुपर्ने बताए । मुख्यमन्त्री गुरुङले प्रदेशको तर्फबाट योग्य खेलाडी उत्पादन तथा प्रदेशलाई माथि उठाउनका लागि खेलकुदको योजना बनाएको बताए । खेलकुदको विकासले विकास निर्माणका साथै पर्यटनको विकासमा पनि टेवा पु¥याउने बताए । प्रदेशले खेलकुदको योजना बनाउदै गर्दा गाउँ सरकार र नगर सरकारले पनि सहयोग गर्नुपर्ने उनको भनाई थियो ।

कार्यक्रममा प्रदेश नम्बर ४ का मुख्यन्यायधिवक्ता राजेन्द्र घिमिरे, प्रदेश सभा सदस्य धनञ्जय दवाडी, संविधान सभा सदस्य जमिनन्द्रमान घले, बेंसीसहर नगरपालिकाका मेयर गुमानसिंह अर्याललगायत जिल्लास्थित सरकारी कार्यलयका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति थियो । जिल्ला खेलकुद विकास समिति लमजुङको आयोजनामा सोमबारबाट राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । प्रत्येक वर्ष जिल्लाका विभिन्न स्थानमा रहेका विद्यालयमा संचालन गरिने प्रतियोगिताको यो वर्ष जिल्लाकै सहजी खेलमैदानमा सुूरु गरिएको छ ।

गत वर्षभन्दा यस वर्ष उक्त प्रतियोगितामा सहभागि विद्यालयको संख्यामा बृद्धि भएको खेलकुद विकास समितिले जनाएको छ । यो वर्ष प्रतियोगितामा ५५ विद्यालयको सहभागिता रहेको खेलकुद विकास समितिका अध्यक्ष गोबिन्द बस्नेतले बताए ।

प्रतियोगितामा छात्र तथा छात्रा भलिबल, सटफुट, ज्याभलिन थ्रो, हाईजम्प, ट्रिपलजम्प, लङ्गजम्प र दौडमा लगायत खेलमा प्रतिष्पर्धा भईरहेको छ । माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरु प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेका छन् । २०६५ सालबाट लमजुङमा सुरु गरिएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गरिदै आएको छ । प्रतयोगिता चैत २८ गतेसम्म सञ्चालन हुनेछ ।