काठमाडौं, २६ चैत । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले मुलुकको पछिल्लो राजनीतिक अवस्था र प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणमा भएका सम्झौताका विषयमा औपचारिक धारणा राख्न आज पत्रकार सम्मेलन राखेको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा अपरान्ह तीन बजे नेपाली कांग्रेसले आकस्मिक पत्रकार सम्मेलन बोलाएको हो । पत्रकार सम्मेलनमा के विषयमा जानकारी दिने हो केही बताइएको छैन ।
स्रोतका अनुसार कांग्रेसले प्रधानमन्त्रीको भारत भ्रमणका विषयमा औपचारिक धारणा राख्न लागेको जनाइएको छ ।
पत्रकार सम्मेलनमा कांग्रेस नेतृत्वको अघिल्लो सरकारले गरेका निर्णयहरू जस्तै भूकम्पपीडित, वृद्धा भत्ता लगायतका विषयमा पनि जानकारी दिइने जनाइएको छ ।
प्रधानमन्त्री केपी ओली भारतको तीनदिने राजकीय भ्रमण सकेर आइतबार साँझ स्वदेश फिर्ता भएका छन् । ओली स्वदेश फिर्ता भएको अर्को दिन प्रमुख विपक्षी दल नेपाली कांग्रेसले पत्रकार सम्मेलन राखेको छ ।















प्रतिक्रिया