१ कार्तिक २०८३, आइतबार

कामदारको स्वास्थ्य परीक्षण सरकारी अस्पतालमा हुने

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ चैत । युएईले नेपालका सरकारी अस्पतालले गरेको स्वास्थ्य जाँचलाई मान्यता दिने भएको छ ।

आइतबार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टसँग भएको भेटमा युएईका राजदूत सइद हमदाम अल नाक्वीले नेपाल सरकारले अघि सारेको प्रस्ताव सकारात्मक भएको बताएका हुन् । युएईसँग चाँडै श्रम सम्झौता गर्न दुबै पक्षले तयारी अगाडि बढाउने समेत सहमति भएको छ ।

नेपाली युवालाई तालिम दिन युएईले सिप विकास तालिम केन्द्र स्थापना गर्न समेत सहयोग गर्ने राजदूत सइदले बताए । नेपालबाट वैदेशिक रोजगारीमा जाने युवाको स्वास्थ्य परीक्षण् सरकारी अस्पतालबाटै गर्ने व्यवस्था मिलाउन श्रम मन्त्रालय र स्वास्थ्य मन्त्रालयले तयारी थालेका छन् ।

यसका विभिन्न देशसँग कूटनीतिक पहल थालेको र आवश्यक तयारीका लागि दुई मन्त्रालयका अधिकारी रहेको समिति समेत बनाई सकिएको छ ।

निजी स्वास्थ्य संस्थाले स्वास्थ्य परीक्षण गर्दा बढी शुल्क लिएको तथा लापरबाही गरेको भन्दै सरकारले सिन्डिकेट तोड्ने तयारी गरेको हो ।

हाल युएई जाने युवाको स्वास्थ्य परीक्षण सूचीकृत भएका दुई सय ३५ वटा संस्थाले मात्रै गर्दै आएका छन् । मलेसियामा बायोमेट्रिक लागू भएपछि ३९ वटा मात्रै स्वास्थ्य संस्थाले परीक्षण गर्छन् ।

साउदी, ओमन र बहराइन जाने युवाको गाम्का नेपालमा आवद्ध १२ वटा मात्रै स्वास्थ्य संस्थाले स्वास्थ्य परीक्षण गर्न पाउँछन् । अरु देशमा भने सूचीकृत भएका २ सय ३५ संस्थालाई अनुमति छ ।