मुम्बई । बलिउड अभिनेता अक्षयकुमार र अभिनेत्री ऐश्वर्या राय बच्चन लामो समयदेखि फिल्ममा एकसाथ देखिएका छैनन् ।
उनीहरूले ‘खाकी’ र ‘एक्सन रिप्ले’पछि सँगै काम गरेका हुन् । अक्षयकुमार र रजनीकान्तको फिल्म ‘२.०’ मा ऐश्वर्या पनि देखिनेछिन् ।
उनी विशेष प्राथमिकताका साथ फिल्ममा देखा पर्न सक्ने बताइएको छ । ‘२.०’ को पछिल्लो भागमा उनी लिड रोलमा थिइन् । पछिल्लो भागको केही अंशमा उनी पनि देखिने बताइएको छ ।
यो पनि भनिएको छ कि ऐश्वर्याले आफ्नो भागको दृश्यहरूको सुटिङ पनि गरिसकेकी छिन् । – एजेन्सी















प्रतिक्रिया