३० आश्विन २०८३, शुक्रबार

अफगानिस्तानको सुरक्षा कारबाहीमा २२ लडाकू मारिए

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

अफगानिस्तान, २५ चैत । अफगानिस्तानको दक्षिणी उरुज्गान प्रान्तमा भएको सुरक्षा कारबाहीमा परी कम्तीमा २२ जना लडाकू मारिएका छन् ।

सरकारी अधिकारीले आइतबार दिएको जानकारीअनुसार घटनामा परी अरु दश जना तालिवान लडाकू घाइते भएका छन् । उनीहरुलाई अमेरिका र नाटो नेतृत्वको गठबन्धन सेनाले हवाई आक्रमण गरेको अधिकारीले बताएका छन् ।

शनिबार राति अबेर खास उरुज्गान जिल्लामा उनीहरुले सुरक्षा कारबाही सुरु गरेको सरकारी अधिकारीहरुद्वारा जारी वक्तव्यमा जनाइएको छ । यस घटनामा परी कुनै आम नागरिकको मृत्यु वा घाइते भने नभएको वक्तव्यमा स्पष्ट पारिएको छ । –रासस/सिन्ह्वा