३ कार्तिक २०८३, मंगलबार

ओली भारतमा रहेका बेला यता मन्त्रीहरूको गोप्य बैठक, मध्यरातमा के-के भयो निर्णय ?

7.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ चैत। प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणमा रहेका बेला माओवादी केन्द्रका मन्त्रीहरूको गोप्य बैठक मन्त्री क्वार्टर पुल्चोकमा बसेको छ ।

मन्त्री क्वार्टर पुल्चोकमा शुक्रबार राति करिव ९ बजेदेखि १२ बजेसम्म रात्रिकालीन भोजसहित प्रधानमन्त्री ओलीविरुद्ध भएको बैठकमा  माओवादीका तर्फबाट सरकारमा सहभागी मन्त्रीको सहभागिता रहेको थियो । माओवादीका तर्फबाट सरकारको नेतृत्व गरेका गृहमन्त्री रामबहादुर थापाको निवासमा मन्त्रीहरूको गोप्य बैठक बसेको हो ।

गोप्य बैठकमा वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादव र शिक्षामन्त्री गिरिराजमणि पोखरेल भने अनुपस्थिति रहेका थिए । यादव प्रधानमन्त्री ओलीसँग भारत भ्रमणमा छन् भने पोखरेल धुलिखेल रिसोर्टमा रहेका कारण आउन नसकेको जनाइएको छ ।

गृहमन्त्री थापाले प्रधानमन्त्री ओलीले आफूलाई कुनै जानकारी नै नदिई गृहसचिव सुरुवा गरेर प्रेम राईलाई नयाँ गृहसचिव बनाएको भन्दै गृहमन्त्री थापाले ओलीविरुद्ध आक्रोश पोखेको उच्च स्रोतले जनाएको छ ।

‘प्रधानमन्त्री ओलीले सचिवहरूलाई मन्त्रीप्रति उत्तरदायी नभई प्रधानमन्त्रीप्रति नै उत्तरदायी बनाउन खोजेको देखियो’, गृहमन्त्री थापाको भनाइ उधृत गर्दै स्रोतले भन्यो । गृहमन्त्रालयमा आएका नयाँ सचिव प्रेम राई एमाले निकट रहेको गृहमन्त्री थापाले बताएका छन् ।

प्रधानमन्त्री ओलीले भारत जाने बेलामा क्याबिनेटको बैठकै नराखी गलत प्रक्रियाबाट सचिवहरूको सरुवा गरेको माओवादी मन्त्रीहरूको आरोप छ ।

यसरी एकलौटी ढंगबाट सरकार चल्न नसक्ने भन्दै भेलामा गृहमन्त्री थापाले ओलीविरुद्ध आक्रोश पोखेको स्रोतले बतायो ।

गोप्य बैठकमा भएको निर्णयलाई शनिबार बिहान माओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरेर गृहमन्त्री थापाले जानकारी गराएका छन् । जवाफमा अध्यक्ष दाहालले भारत भ्रमणबाट आएपछि ओलीसँग कुरा गर्ने आश्वासन दिएका छन् ।