२ कार्तिक २०८३, सोमबार

डीपीएल : महेन्द्रनगर युनाइटेड एक खेलअगावै प्ले अफमा

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी, २४ चैत । शुक्रबार राति पानी परेपछि धनगढी प्रिमियर लिग (डीपीएल)अन्तर्गत शनिबार हुने भनिएको महेन्द्रनगर युनाइटेड र सिवाइसी अत्तरिया बीचको खेल स्थगन भएको छ ।

खेल स्थगन भएसँगै पाँच अंकका साथ महेन्द्रनगर युनाइटेड प्रतियोगिताको दोस्रो स्थानमा पुगेको छ । महेन्द्रनगर आफ्नो एक खेल खेल्नुअगावै प्ले अफमा पुगेको छ । मैदान हिलाम्ये भएपछि शनिबारको खेल सञ्चालन हुन सकेन । खेल स्थगन भएपछि दुवै टोलीले एक/एक अंक बाँडेका हुन् । सिवाइसी अत्तरिया तीन अंकका साथ पाँचौँ स्थानमा छ ।

महेन्द्रनगर युनाइटेडले आइतबार लिगको अन्तिम खेल काठमाडौँ गोल्डेन्ससँग खेल्ने छ । काठमाडौँ गोल्डेन्सले लिगको चार खेलमा चार वटैमा जीतका साथ आठ अंक बटुलेको छ । योसँगै काठमाडौँले प्ले अफमा पहिले नै आफ्नो स्थान सुरक्षित बनाएको छ । यस्तै, सिवाइसी अत्तरियाले आइतबार विराटनगर किंग्ससँग लिगको अन्तिम खेल खेल्नेछ । अत्तरियाले विराटनगरलाई पराजित गरे प्ले अफमा स्थान बनाउनेछ । –रासस