४ कार्तिक २०८३, बुधबार

यस्तो अभियोगमा पक्राउ परे अर्चना पनेरुका नक्कली पति

2.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ चैत । अमेरिकाको क्यालिफोर्निया घर भएका उल्फ प्राइसलाई प्रहरीले पक्राउ गरेको छ । प्राइस पोर्नस्टार बन्ने धोको राख्ने अर्चना पनेरुका नक्कली पति हुन् ।

अमेरिका जानका लागि अर्चनाले प्राइससँग विवाह गरेकी थिइन् । सामाजिक सञ्जाल फेसबुकमा विवाह गरेको भनी उनले तस्बिर राखेपनि पछि विवाह नभएको दाबी गरेकी थिइन् ।

बलम्बुस्थित एक घरबाट २ सय ग्राम गाजा र कन्डमसहित प्रहरीले पक्राउ गरेको हो । घरभाडामा लिएर बसेका प्राइसले नसालु पदार्थको कारोबार र यौन धन्दा समेत चलाउने आशंका गरिएको छ । प्राइसले राखेका एक बालक र बालिकालाई प्रहरीले उद्दार गरेको छ । बयानका क्रममा प्राइसले आफुले बालबालिकाको हेरचाह गरेको बताएका छन् ।

काठमाडौं जिल्ला अदालतबाट लागू औषध मुद्दामा उनलाई पाँच दिनको म्याद थप गरी अनुसन्धान थालिएको एसएसपी विश्वराज पोखरेलले बताए । स्थानीयवासीको उजुरीका आधारमा घरमा छापा मारिएको थियो । अर्चना आमा सुनितासहित उक्त घरमा जाने गथिृन् ।