३ कार्तिक २०८३, मंगलबार

सौखिन भीआईपीहरू : प्रचण्डदेखि उपेन्द्र यादवसम्मले प्रयोग गर्छन् यस्ता ‘ब्रान्ड’

50.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– बिनोद ढकाल / दैनिक नेपाल

धेरैलाई लाग्छ– नेपाली नेताहरू राम्रो देखिने र ब्रान्डमा कन्सियस छैनन् । नेता भनेका साधारण पहिरन लगाउने र कडा भाषण गर्ने भन्ने आम बुझाई छ । तर, त्यसो होइन । राजनीति एकातिर भएपनि राम्रो र स्मार्ट देखिन चहाने अभिनेतामात्र होइन नेताहरू छन् ।

सुन्दर देखाएर जनताको मन जित्न चाहन्छन्, उनीहरू । कुनै जमानामा सादा खद्दरको कुर्ता सुरूवाल, जवाहर कोट र चप्पलको लगाएर हिँड्ने नेताहरूमा एकाएक परिवर्तन आउनु उनीहरूको ब्रान्ड कन्सियस सोच पनि हो । नेताले जति सरल पहिरन लगायो त्यति जनताको मन जित्दथे । अहिले परिर्वतन भइसकेको छ । सबै नेतालाई राम्रो बनेर हिड्ने चाहना हुन्छ । सकेसम्म ब्रान्डेड कपडा, घडी, कलम, पेटी र जुत्ता लगाउने नेताहरू छन्, नेपालमा । ब्रान्डमा पनि बेलायती र फ्रेन्च ।

एक जमाना थियो कसैले महंगो पोशाक लगायो भने त्यसको चर्चा सबै तिर फैलिन्थ्यो । राजाको शासनमा तत्कालीन प्रधानमन्त्री र्कीिर्तनिधि विष्टको नाडीमा सजिएको डेड लाख पर्ने घडीको चर्चा कम थिएन । प्रजातन्त्रकालमा एमाले वरिष्ठ झलनाथ खनालले लगाएको डर्मेलको सूटले त राजनीति गर्नेहरूबीच उनको पहिचान वेग्लै थियो । भनिन्छ खनालको चश्मा पनि नेपालमो सवैभन्दा महँगो हुन्छ । ब्रान्ड हेरेर कपडा लगाउने चाहना राख्ने खनाल सँधै चर्चामा हुन्छन् ।

माओवादी केन्द्र अध्यक्ष प्रचण्डको कपालमा लगाउने जेलदेखि, सुट जुत्तासम्म ब्रान्डेड हुन्छन् एमाले वरिष्ठ नेता झलनाथ खनालको डर्मेलको सुटदेखि लगाउने चश्मासम्मको मूल्य सुनेर मान्छे छक्क पर्दछन् ।

त्यतिबेलाका नेताहरूले फेसन गर्न खनालबाटै सिकेका हुन् भन्दा पनि फरक पर्दैन । नेताहरूमा कुनै पनि कम्पनीको ब्रान्ड हेरेर लुगा लगाउने चाहना बढेको पाइन्छ । विशेष गरेर बिदेश गएको वेला नेताहरू सपिङमा व्यस्त हुन्छन् । केही नेताले विदेशबाटै कपडा झिकाएर लगाउने गरेको चर्चा पनि हुने गरेको छ । यी चर्चाहरूमा सत्यता पनि छ । त्यसो त, धेरै नेपालीहरू विदेशमा काम गर्न जाने चलन वढेको अहिलेको समयमा नेताहरूका नाता–गोता र जान पहिचानका मानिसले नेताहरूको सौख पूरा गर्न पनि मद्दत पुराएका छन् ।

प्रत्येक राजनीतिज्ञको शरिरका प्रत्येक वस्तुका आफ्ना ब्रान्ड छन् । झन् प्रविधिको यो युगमा उनीहरूले बोक्ने फोन, आइप्याडको पनि ब्रान्ड छन् । पछिल्लो समयमा सवैभन्दा बढी ठा“टिएर हिँड्ने नेतामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड छन् । उनी लाउने र खानेमात्र होइन, हर कुराको ब्रान्डमा कन्सियस छन् । फेसनमा एकदम कन्सियस प्रचण्डको कपालदेखि जुत्तासम्म चमकदार त्यसै हुँदैन ।

प्रचण्डका सहयोगी भन्छन्,‘उहाँलाई कपडाहरू प्राय साथीभाई तथा इस्टमित्रहरूले बाहिरबाटै पठाइदिन्छन् । खासै यही लगाउनु पर्छ भन्ने चाहना उहाँमा छैन । अब कहिले काहीँ कपडाहरू किन्न बजार जानु भनेको त साधारण कुरा नै हो नी ।’ प्रचण्ड सामसुङका नयाँ ब्रान्डमा एन्ड्रोइड बोक्न रूचाउँछन् । प्रचण्ड कतिसम्म ब्रान्ड कन्सियस छन् भने उनी प्रधानमन्त्री हुँदा सुत्ने डेढ लाखको पलङको लामो समयसम्म चर्चा भयो । डेढ लाखसम्मका सुट लगाएर चिटिक्क देखिने प्रचण्डको ठाँटिलो व्यक्तित्व त्यसै बनेको होइन ।

गृहमन्त्री रामबहादुर थापा वादल पनि राम्रो र कसिएका पोशाक लगाउने नेतामा गनिन्छन् । डा।बाबुराम भट्टराई फेशन नगरे पनि राम्रो लुगा लगाउने नेतामा पर्छन् । हिसिला यमी फेशनपरस्त छिन् । माओवादीका अर्का नेता नारायणकाजी श्रेष्ठलाई भने कपडामा अलि बढी रूचि भएको पाइन्छ ।

नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा चिटिक्क परेर हिँड्छन् । प्रायः नेपाली राष्ट्रिय पोशाक लगाउने देउवा सूट भने व्रान्डेड नै लगाउँछन् । उनको घडी, जुत्ता र चश्मा विशेष हुन्छ । देउवाले खासै ब्रान्ड नै तोकेर कपडा नलगाउने, तर राम्रो र चिटिक्क भने एकदम बन्नुपर्ने बताउँछन् नेपाली कांग्रेसका युवा नेता प्रदिप जोशी । ब्रान्ड नै तोकेर कपडा लगाउने नेताहरू नेपाली काँगे्रसमा कमै मात्रामा रहेको जोशी बताउँछन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाको चश्मा र जुत्ता ब्रान्डेड हुन्छन्, उनी चिटिक्क परेर हिँड्ने व्यक्ति हुन् । सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधान बेन्टली ब्रान्डको जुत्ता लगाउँछिन् भने सौन्दर्य सामग्रीमा पनि उनी ब्रान्ड कन्सियस छिन् ।

खासै कपडाको ब्राण्ड तिर नजाने तर राम्रो र आफुलाई सुहाउने कपडा लगाउँछन् काँग्रेसका युवा नेता तथा सभासद गगन थापा । राम्रो लगाउने चाहना ठूला नेताहरूमा मात्र होइन सबैमा हुन्छ । राम्रो लगाउनु नराम्रो होइन । अहिलेको जमानामा राम्रो भएर र त्यसमाथि पनि ब्रान्डेड लुगा लगाएर हिड्ने चाहना कसलाई हुँदैन रु कांग्रेसकी महिला नेत्री सीता गुरूङ पनि सजिएर हिँड्छिन् । खासगरी उनले लगाउने साडीको ब्रान्डमा कन्सियस छिन् ।

सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लकी एक सहयोगी भन्छिन्,‘सपना मैडम कपडा यही ब्रान्डको लगाउनु पर्छ भनेर भन्नु हुन्न । प्राय कटन सारी र नेपाली ढाका लगाउनु हुन्छ । तर जुत्ता भने उहाँलाई बेन्टली ब्राँडकै चाहिन्छ । सौन्दर्य प्रसाधनमा साथै क्लिनिक व्रान्डका उत्पादन प्रयोग गर्नु हुन्छ ।’

सँधै सूटमा देखिने संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव ब्राण्डको पछि नलागे पनि कपडा शानदार लगाउन चाहन्छन् । फोरमका एक कार्यकर्ताका अनुसार, नेताहरू प्राय पाइन्ट सर्ट नै धेरै मनपराउँछन् । नेता कमल थापा कपडामा एकदम सौखिन छन् ।

राजनीतिक दलका नेताहरू प्राय ब्रान्डेड कपडा लगाउन रूचाउँछन् । ब्रान्डेड पेय, ब्रान्डेड घडी र ब्रान्डेड कपडाहरू पहिलेको तुलनामा धेरै बजारमा आउन थालेको छ । वानेश्वरका पहिरन व्यवसायी सुमन भण्डारी भन्छन्, हामीले देखेको, धेरै मात्रामा नेता र त्यसपछि व्यवसायी यसमा आकर्षित भएको पाइन्छ ।’