विराटनगर, २४ चैत । गुण्डानाइके अभिषेक गिरीलाई कारागार स्थानान्तरण गर्ने क्रममा जिल्ला कारागार मोरङमा तनाव भएको छ।
विराटनगरस्थित जिल्ला कारागार मोरङमा शुक्रबार कैद भुक्तान गरिरहेका गुण्डा नाइके गिरीलाई प्रशासनले उक्त कारागारबाट अन्यन्त्र सार्ने क्रममा अन्य कैदीहरूले बिरोध जनाएका हुन् ।
कारागारमा रहेका कैदीबन्दीहरू नेपाली झण्डासहित कारागारको छतमा चढेर नाराबाजी र प्रदर्शन गरेका थिए । कैदी बन्दीको प्रदर्शन उग्र हुँदै गएपछि कारागार परिसरमा थप सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
कैदीहरूको प्रदर्शनकै बीच प्रशासनले गुण्डानाइके गिरीलाई काठमाडौं लगेको प्रहरी स्रोतले जनाएको छ ।















प्रतिक्रिया