
काठमाडौं, २३ चैत । राजनीतिक स्थायीत्वसँगै लगानीको अवसर खुला गरेको नेपालको जलसम्पदामा लागनी गर्न भारतीय व्यापारी व्यावसायीलाई नेपालका तर्फबाट प्रस्ताव भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण थालेको पहिलो दिन शुक्रबार जारी अन्तरक्रियामा नेपालका तर्फबाट भारतीय व्यापारीलाई यस्तो प्रस्ताव गरिएको हो ।
लगानीका लागि विभिन्न क्षेत्र सम्भावनायुक्त रहेको जनाउँदै नेपालका प्रतिनिधि मण्डलले प्रधानमन्त्री ओलीको उपस्थितिमा यस्तो प्रस्ताव गरेका हुन् । नेपालले १० बर्षमा १० हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य लिएको जनाउँदै, प्रतिनिधिमण्डलका तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणालगायतले अन्तरक्रियामा प्रस्ताव अघि सारेका हुन् ।
सरकारले सुरक्षादेखि अनेक विषय लगानीका लागि सुनिश्चितताको ग्यारेन्टि संक्रमणकालिन अवस्थाको अन्त्यसँगै भएको बताइएको थियो । पर्यटन, कृषि र अन्य क्षेत्रमा पनि अथाह सम्भावना रहेको भन्दै अन्तरक्रियामा यस्तो प्रस्ताव गरिएको थियो ।















प्रतिक्रिया