२ कार्तिक २०८३, सोमबार

प्रधानमन्त्री ओली भ्रमणकै बेला सन्दिप आइपीएलमा चम्किन सक्ने ! 

742
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ चैत । प्रधानमन्त्री केपी ओलीको भारत भ्रमण जारी रहेकै बेला शनिबार क्रिकेटको क्लवस्तरीय ठूलो खेल इन्डियन प्रिमियर लिग सुरू हुँदैछ, शनिबार । यस्तो संयोग परेको छ की नेपाली युवा खेलाडी सन्दिप लामिछाने आवद्ध क्लव देल्ही डेयरडेभिल्सको खेल पनि परेको छ ।

भारतीय समयअनुसार सवा ४ बजे पन्जाब किङ–११ सँगको खेलमा सन्दिप एउटा उत्कृष्ट बलरका रूपमा एक ओभरका लागि उत्रिन सक्नेछन् । सन्दिपलाई खेलमा उतार्न सकिने क्लवका प्रशिक्षक रिकी पोन्टिङले संकेत पनि गरेका छन् । एउटा पत्रकार सम्मेलनमा पोन्टिङले भने,‘सन्दिप खेलमा हुन सक्नेछन् । उनले आफूलाई निखारेका छन् । राम्रो गर्नेछन् भन्ने आशा गरिएको छ ।’

सन्दिपको बलिङ दिनानु सुध्रदैं गएको बताएका पोन्टिङ खुशी पनि छन् । प्रशिक्षण खेलमा उनले दुई विकेट लिइसकेका थिए । यसबाट देल्ही डेयरडेभिल्समा उनको प्रदर्शन शनिबारै हुनसक्ने अनुमान धेरैले गरेका छन् ।

‘सन्दिप स्पिनर क्रिकेटर हुन् । उसले अभ्यासमा निकै राम्रो गरिरेहको छ । उ युवा छ, अभ्यासमा नथाक्ने जोश देखाएको छ । सन्दीपले आफूलाई दिन प्रतिदिन प्रगति गर्दै गैरहेको छ ।’, पोन्टिङले भनेका छन् ।

यदि सन्दिपले खेलमा मौका पाए उनी प्रधानमन्त्री ओली भारतको भ्रमणका बेला नै चम्किन सक्ने सम्भावना पनि रहेको छ । देल्हीले आइपीएलका लागि आफ्नो स्क्वाड सार्वजनिक गरिसकेको छ ।

२५ खेलाडीको नाम सार्वजनि गरिसकेको छ । जसमा कोलकत्ता नाइट राइडर्सका पूर्वकप्तान गौतम गम्भिर पनि सन्दिपले खेल्ने टिममा छन् ।