
काठमाडौं । लोकगायिका तथा नेकपा एमालेका तर्फबाट राष्ट्रिय सभा सदस्य कोमल ओली अविवाहित छिन् । उनको विवाहको चर्चा बेला मौका चल्ने गरेको छ ।
केही समयअघि उनले आफू प्रेममा रहेको समेत बताएकी थिइन् । तर, कोसँग भन्ने खुलाएकी छैनन् । हरेक वर्षका तिज आउनासाथ ‘पोई’का कुरा गरेर चर्चामा आउने कोमलले शुक्रबार विहान एउटा मुस्कानसहितको तस्बिर राखेर सामाजिक सञ्जाल ट्वीटरमा लेखिन्–
बिहानै ऐनामा देखिने
उज्यालोको कोमल केस्राजस्तो
ओठको मुस्कान तिमीलाई !
वर्षापछि दुबोका पातमा अल्झिरहेका
पानीका पारदर्शी थोपाजस्ता
सपनाका आधार तिमीलाई !
कोममले यी सपनाका आधार मुस्कानसहित कसलाई दिएकी हुन् ? त्यो त केही खुलाइएको छैन । तर उनी प्रेममा रहेको झल्को यो मुक्तकले दिएकै छ ।















प्रतिक्रिया