वीरगंज, २३ चैत । पर्सा जिल्लामा १८ वर्षीया रविना खातुनलाई आगोले जलाउर एक हप्तासम्म कोठामा थुनरेर राखेको रहस्य बाहिर आएको छ ।
गहनाको विषयमा विवाद हुँदा छिपहरमाई गाउँपालिका वडा नं ४ की रविनालाई उनकै परिवारले जलाएर सात दिनसम्म थुनेको खुलेको हो ।
गत चैत १३ गते बिहान रविनाका श्रीमान् सावीर मियाँ, ससुरा फर्जन मियाँ, सासु शोभा खातुन, देवरहरू सहरुम, साहुल, सुलतान र मुनचुनले मिलेर जलाउन खोजेको रविनाले आरोप लगाइन् ।
रविनाको उपचार नारायाणी उपक्षेत्रीय अस्पताल वीरगंजमा भइरहेको छ । उनको दायाँ खुट्टा पूरै जलेको छ ।
बुधबार घरबाट भागेर रविगना ठूली आमाको घर वीरगंज ३ छपकैयामा आएपछि घटना बाहिर आएको छ । सर्जिकल वार्डको १२१ नं सिटमा रहेकी रविनाले केही थान गहनाको लागि आक्रमण गरी आगो लगाएको बताइन् ।
सुनको गहना नथिया, टीका, पायल, कानबाली, हतशंकर गहना ससुरा पक्षले मागेपछि आफूले नदिँदा जलाएको उनले बताइन् ।
नन्द नजरानाले चुल्होको सल्किरहेको काठको दाउराले सुरुवालमा आगो लगाएर मार्न खोजेको रबिनाले बताएकी छिन् ।
पर्सा प्रहरीले घटनाका विषयमा अनुसन्धान सुरु गरेको जनाएको छ । रविनाका श्रीमान् सावीर फरार छन् । घटनामा संलग्न परिवारका सदस्यलाई प्रहरीले पक्राउ गर्न सकेको छैन । रबिनाको माइत पारसवा, भेलाही विहारमा पर्छ । रविना र सावीरबीच तीन वर्षअघि विवाह भएको थियो ।















प्रतिक्रिया