२ कार्तिक २०८३, सोमबार

क्वाटरफाइनलमा आर्सनलको पहिलो जित

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, २३ चैत । युरोपा लिग फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा इंग्लिस क्लब आर्सनलले जित दर्ता गरेको छ । घरेलु मैदानमा बिहीबार राति भएको खेलमा आर्सनलले सिएसकेए मस्कोलाई ४–१ ले हराएको हो ।

आर्सनलको जितमा आरोन रामसी र एलेक्सान्ड्र लाकाजेटीले समान दुई दुई गोल गरे । सिएसकेए मस्कोका लागि गोलोविनले एक गोल फर्काए । दुई तर्फबाट पहिलो हाफमा नै गोल भएको हो ।

नवौँ मिनेटमा रामसीले गोल गर्दै आर्सनललाई सुरुवाति अग्रता दिलाए । १५ औँ मिनेटमा गोलोविनले मस्कोका लागि बराबरी गोल फर्काए । त्यसपछि २३ औँ मिनेटमा लाकाजेटीले पेनाल्टीमा गोल गर्दै फेरि आर्सनललाई अग्रता दिलाए ।

त्यसको पाँच मिनेटपछि रामसीले व्यक्तिगत दोस्रो गोल गरे भने ३५ औँ मिनेटमा लाकाजेटीले दोस्रो गोल गरेपछि पहिलो हाफमा आर्सनलले ४–१ को अग्रता लियो ।

दोस्रो हाफमा दुवै टिमले गोल गर्ने केही राम्रा मौका बनाए पनि सफल भने हुन सकेनन् र आर्सनल विजयी भयो । – एजेनसी