
काठमाडौं, २२ चैत । कालो हरिणको शिकार गरेको अभियोगमा बलिउड अभिनेता सलमान खानलाई जोधपुर अदालतले दुई वर्षको जेल सजाय सुनाएको छ ।
विहीबार राजस्थानको जोधपुर अदालतमा भएको सुनुवाईका क्रममा त्यहाँका न्यायाधीशले दुई वर्षको कैद सजाय सुनाएका हुन् । सरकारी वकिलले कम्तिमा ६ वर्षको जेल सजाय माग गरेका थिए ।
२० वर्ष अघि हरिण शिकार गरेको अभियोगमा सलमानलाई यो सजाय सुनाइएको हो । तर, उनले कैद सजाय भुक्तान गर्न नपर्नेगरी फैसला आएको भारतीय मिडियाले जनाएका छन् । उनले जमानतमा बाहिर बस्नसक्ने प्रावधानअनुसार सजाय सुनाइएको हो ।
यो घटना ‘हम साथ साथ है’ फिल्मको सुटिङका बेला २ अक्टोबर १९९८ मा भएको थियो । बन्यजीव संरक्षण कानुनको धारा ५१ र भारतीय दण्डसंहिता कानुनको धारा १४९ अन्तर्गत सजाय भएको छ । यसै अभियोगमा परेका अभिनेता सैफ अली खान, निलम, तब्बु र सोनाली बेंद्रेले भने सफाई पाएका छन् ।















प्रतिक्रिया