४ कार्तिक २०८३, बुधबार

कालो हरिण मारेको अभियोगमा अभिनेता सलमान खानलाई जेल

7.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ चैत । २० वर्ष अघिको मुद्दामा बलिउड अभिनेता सलमान खानलाई अदालतले जेल सजाय सुनाएको छ ।

जोधपुरको अदालतमा भएको सुनुवाईमा उनलाई दोषी करार गरिएको हो । सन् १९९८ को यो अभियोगमा अभिनेता सैफ अली खान, तब्बु, सोनाली बेंद्रे र निलम पनि दोषी थिए । उनीहरूले सफाई पाएका छन् ।

यो घटना ‘हम साथ साथ है’ फिल्मको सुटिङका बेला २ अक्टोबर १९९८ मा भएको थियो । यहि समयमा सलमान माथि कालो हरिण शिकार गरेको अभियोगमा मुद्दा दर्ता भएको थियो । सलमानलाई उकासको भनेर सैफ, निलम, तब्बु र सोनालीको नाममा पनि उजुरी थियो ।

सलमानलाई बन्यजीव संरक्षण कानुनको धारा ५१ र भारतीय दण्डसंहिता कानुनको धारा १४९ अन्तर्गत सजाय भएको छ।