४ कार्तिक २०८३, बुधबार

रानीको कम बजेटको फिल्मले कमायो ३८ करोड भारु

798
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । बलिउड अभिनेत्री रानी मुखर्जीले निर्माता आदित्य चोपडासँग बिहे गर्नुका खास कारण खुलासा गरेकी छिन् ।

उनले हालै दिएको एउटा अन्तर्वार्तामा आदित्यले आफूलाई अति माया र सम्मान दिने भएकाले उनीप्रति नतमस्तक भएको बताएकी हुन् ।

‘बलिउडमा प्रेम चाहिँ पाइन्छ’, रानीले भनेकी छिन्, ‘माया पाइए पनि ‘रेस्पेक्ट’ भने कमै मिल्छ । तर, त्यसमा आदित्य निकै फरक छन् ।’

रानीले आदित्यले आफूलाई मायाका साथै सम्मान पनि उत्तिकै मात्रामा दिएको दाबी गरेकी छिन् । ‘आदित्य माया र सम्मान दिने मामलामा निकै अघि छन् । उनी पर्फेक्ट हस्बेन्ड हुन्’, उनले भनेकी छिन् ।

रानी र आदित्यले चार वर्षअघि अर्थात् सन् २०१४ को अप्रिलमा बिहे गरेका थिए । रानी अभिनित ‘हिच्की’ फिल्म हाल प्रदर्शनरत छ ।

कम बजेटको फिल्मले अहिलेसम्म भारतीय बजारमा ३८ करोड भारुको व्यापार गरिरहेको छ । फिल्मबाट रानीले तारिफ पाइरहेकी छिन् । यसअघि, चार वर्षअघि उनी अभिनित ‘मर्दानी; दर्शकमाझ आएको थियो । – एजेन्सी