२ कार्तिक २०८३, सोमबार

च्याम्पियन्स लिगमा बार्सिलोनालाई पाँच उपहार गोल

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, २२ चैत । बार्सिलोनालाई यो सिजन सबै प्रयोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । सँगै उसलाई सहयोगीको साथ पनि प्रशस्तै मिलेको छ, विशेष गरी च्याम्पियन्स लिग फुटबलमा ।

सहयोगीको साथ यो अर्थमा कि बार्सिलोनाले च्याम्पियन्स लिगमा एकै सिजन धेरै उपहार गोल पाउने क्लब बनेको छ ।

बार्सिलोना आफैमा उत्कृष्ट टिम हो, जसलाई जितका लागि उपहार गोलको खाँचो सायदै पर्छ तर पनि उसैले धेरै उपहार गोल पाएको छ । विपक्षी टिमका खेलाडीले बार्सिलोनासँग खेल्दा नियन्त्रण गुमाउँछन् अनि गर्छन् आफ्नै पोस्टमा गोल ।

बार्सिलोनाले यो सिजन च्याम्पियन्स लिग फुटबलमा अहिलेसम्म पाँचवटा उपहार गोल पाएको छ, यो कुनै पनि क्लबले च्याम्पियन्स लिगमा एकै सिजन पाएको सबैभन्दा धेरै उपहार गोल हो ।

च्याम्पियन्स लिग क्वाटरफाइनल अन्तर्गत बुधबार राति भएको रोमासँगको पहिलो लेगमा दुई उपहार गोल पाएपछि बार्सिलोनाले यस्तो कीर्तिमान बनाएको हो, जसले उसलाई त उत्साहित बनायो तर विपक्षी टिमको मन गुँडिएको छ ।

पहिलो लेग अन्तर्गत अवे मैदानमा भएको खेलमा रोमाका डानिएले डी रोसी र कोस्टास मानोलासले आत्मघाती गोल गरे । बार्सिलोनाले अरु तीन उपहार गोल समूह चरणमा पाएको थियो ।

स्पोर्टिङ लिस्बोनका सेबास्टियन कोट्स र जेरेमी म्याथ्युले दुई फरक खेलमा आत्मघाती गोल गरेका थिए । यस्तै ओलम्पिकासका दिमित्रिस निकोलाउले पनि आत्मघाती गोल गरेका थिए ।

यो सिजन बार्सिलोनाले च्याम्पियन्स लिगमा पाँच उपहार गोल पाएको छ । यसको अर्थ बार्सिलोनाका लियोनल मेस्सी एक मात्र यस्ता खेलाडी हुन्, जसले क्लबले पाएको आत्मघाती गोल भन्दा धेरै गोल गरेका छन् । उनले यो सिजन च्याम्पियन्स लिगमा ६ गोल गरेका छन् । – एजेन्सी