९ कार्तिक २०८३, सोमबार

ड्याट्सनको नयाँ वर्ष २०७५ अभियान शुरु

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं चैत १ । नेपालमा ड्याट्सन गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रा.लिले नयाँ वर्षको उपलक्ष्यमा ‘नयाँ वर्षको मेगाअफर’योजना प्रस्तुत गरेको छ । यो योजना चैत १९ गतेदेखि जेठ १८ गतेसम्म ड्याट्सन गाडीको खरिदमा लागू हुनेछ ।

योजनाअन्तर्गत ग्राहकले ड्याट्सन गाडीको खरिदमा निश्चित उपहार स्वरुप हरेक एक जोडीले मलेसियाको भ्रमण गर्न पाउनेछन् र लायल्टी बोनस, निःशुल्क गाडीका एक्सोसरिजहरु पाउनेछन् ।

साथै १ वर्षको निःशुल्क इन्स्युरेनस, ३ वर्षसम्मको वारेन्टी, ३ वर्षसम्म निःशुल्क सर्भिसिङ्ग र सडक करको सुबिधा प्राप्त गर्नेछन् । साथै एक्स्चेन्ज अफरमा ग्राहकले आफ्नो पुरानो गाडीलाई नयाँ ड्याट्सनसँग साट्न सक्ने कम्पनीले जनाएको छ । कम्पनीले हरेक गाडीमा सहज फाइनान्सको सुबिधा प्राप्त गर्न सक्ने पनि जनाएको छ ।

ड्याट्सन गाडी खरिद गर्नुहुने ग्राहकले ड्याट्सन रेडि गो मा अधिकतम तीन लाख सात हजार, ड्याट्सन गो मा अधिकतम चार लाख ५० हजार ड्याट्सन गो प्लसमा अधिकतम चार लाख ५७ हजार सम्मको फाइदा प्राप्त गर्न सक्नेछन् ।

आकर्षक भित्री डिजाइन, उत्कृष्ट लुक्स, नयाँ प्रविधि, तथा कम मूल्य आदि यसका विशेषताहरु रहेका छन् ।