
काठमाडौँ, २० चैत । भारतको उत्तराखण्ड राज्यको केदारनाथमा भारतीय वायुसेनाको हेलिकोप्टर दुर्घटनामा परेको छ ।
निर्माण सामाग्री बोकेको भारतीय वायुसेनाको एम १७ हेलिकोप्टर गुप्तकाशीबाट केदारनाथ जाने क्रममा दुर्घटनामा परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । दुर्घटनामा हेलिकोप्टर पूर्ण रूपमा क्षतिग्रस्त भए पनि कसैलाई केही नभएको जनाइएको छ ।
दुर्घटनाको कारण अझै खुलेको छैन । सन् २०१३ को बाढीपहिरोले क्षतिग्रस्त केदारनाथ क्षेत्रमा निर्माणका लागि भारतीय सेनाले सघाउँदै आएको छ ।















प्रतिक्रिया