
काठमाडौँ, १९ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा कलाक्षेत्रका तर्फबाट राजेश हमाल र दिनेश डिसी जाने भएका छन् ।
चैत २३ गतेका लागि तय भएको भ्रमणका क्रममा नेपाली कला क्षेत्रको प्रतिनिधित्व गर्दै हमाल र डिसी जाने निर्णय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
नेपाली चलचित्र क्षेत्रको विकासमा आफू सकारात्मक रहेको बताउँदै आएका प्रधानमन्त्री ओलीले यसअघि आफ्नो भारत भ्रमणमा कलाकार पनि समेट्ने घोषणा गरेका थिए ।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले बलिउडका कलाकारसँग पनि भेट्ने कार्यक्रम छ । भेटमा नेपालका विभिन्न स्थानलाई बलिउड फिल्मको सुटिङ स्थलका रुपमा लिन र नेपालको पर्यटन विकासमा टेवा पु¥याउने दोहोरो फाइदाका लागि छलफल गरिने नेपाली पक्षको तयारी छ ।















प्रतिक्रिया