३ कार्तिक २०८३, मंगलबार

काठमाडौं प्रहरीको टेबुलबाटै मुद्दा नं. ४४३ गायब !

3.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमडौं, १९ चैत । शंकर ज्ञवालीले पूर्वपत्नी देवी पौडेलविरुद्ध दिएको निवेदनलाई काठमाडौं प्रहरी परिसर टेकुले अगाडि बढाउन रुचि देखाएको छैन । राजनीतिक र एनजिओहरूको दवावमा प्रहरीले यो निवेदनलाई अगाडि बढाउन नचाहेको आरोप छ ।

गुल्मी जिल्ला घर भइ हाल राजधानीमा बस्दै आएका ज्ञवाली पेशाले चार्टर एकाउन्टेन हुन् । उनको न्यूरोडमा कार्यालय रहेको छ ।

ज्ञवालीविरुद्ध पौडेलले सामाजिक सञ्जालमार्फत गाली बेइज्जती गरेको भन्दै प्रहरीमा उजुरी दिएका थिए । सुरुमा काठमाडौं प्रहरीले ज्ञवालीको उजुरी लिन मानेको थिएन ।

सञ्चारमाध्यमहरूमा काठमाडौं प्रहरी परिसर टेकुले उजुरी लिन नमानेको समाचार सम्प्रेषण भएपछि चैत १३ गते निवेदन दर्ता भएको थियो ।

४४३ नं. दर्ता रहेको ज्ञवालीको उजरीलाई झण्डै एक हप्ता हुँदा पनि प्रहरीले कार्यान्वयनमा लगेको छैन । ‘सामाजिक सञ्जालमा मेरोविरुद्ध देवी पौडेलले गालीगलौज र अपशब्द लेखेको प्रमाणसहित उजुरी दिँदा पनि प्रहरीले अनुसन्धानमा रुचि देखाएको छैन’, ज्ञवालीले दैनिक नेपाल डटकमसँग कुरा गर्दै भने, ‘एकहप्तासम्म पनि मैले न्याय पाइन । अब मलाई कसले न्याय दिन्छ ?’

यस विषयमा जानकारी लिन काठमाडौं प्रहरी परिसरका प्रमुख एवम् एसएसपी विश्वराज पोखरेल र डिएसपी मोहन थापालाई सम्पर्क गर्दा मोबाइल उठाएनन् । सो मुद्दाका विषयमा जानकारी लिन ज्ञवाली प्रहरी परिसर टेकु जाने गरेका छन् । तर, उनीसँग एसएसपी पोखरेलले भेट्नै चाहँदैनन् ।

स्रोतका अनुसार पौडेलविरुद्ध पूर्वपति ज्ञवालीले दिएको साइबर क्रमइमको निवेदन अगाडि नबढाउन महिला अधिकारको क्षेत्रमा काम गर्ने अधिवक्ता र राजनीतिक नेतृत्वले काठमाडौं प्रहरीका प्रमुख एसएसपी पोखरेललाई ठूलो दवाव दिएका छन् ।

सोही दवावका कारण पौडेलविरुद्ध ज्ञवालीले साइबर क्राइमको प्रमाणसहित निवेदन दिँदा पनि एसएसपी पोखरेल मौन बसेको आरोप लागेको छ । पीडित पक्षले न्याय नपाइ आफ्नो फाइल प्रहरीको टेबुलबाटै गायब हुने अवस्थामा पुगेको भन्दै चिन्ता जनाएको छ ।