
काठमाडौं, १८ चैत । नेपालमै पहिलो पटक पत्रकारले खेप्नुपर्ने दुख र संघर्षबारे बनेको गीत र म्युजिक भिडियो निर्माण गरिएको छ । पत्रकार माथि हुने हत्या, हिंसा, आक्रमण, लुटपाट, धाकधम्की लगायत अन्य क्रियाकलापलाई गीतमा बयान गरिएको छ ।
‘जुटौ पत्रकार’ भन्ने बोलको गीत बजारमा आएको छ । गीतमा प्रकाश बराईली ‘अभिव्यक्ति’को शब्द, संगीत र स्वरमा गायिका भिमु गुरुङ्गले साथ दिएकी छन् ।
ओम प्रकाश अधिकारी र अन्जान केसीको प्रस्तुती रहेको यस गीतलाई म्याग्देली डिजिटल एण्ड मल्टि मिडिया सेन्टरले बजार ब्यवस्थापन गरेको छ ।
बराइलीकै निर्देशन रहेको गीतमा छायांकन, सम्पादन वीरेन्द्र भाटले गरेका छन् । म्युजिक भिडियोमा पत्रकारहरू विनोद ढकाल, गीता अधिकारी, राजकुमार रायमाझी, दिपा तिमल्सीना, जगन आत्रेय र लक्ष्मी ढकालको अभिनय रहेको छ ।
भिडियो यहाँ हेर्नुहोस्















प्रतिक्रिया