
काठमाडौँ, १८ चैत । नेपाली काँग्रेसको आकस्मिक केन्द्रीय बैठक सुरु भएको छ । गत चैत ९ देखि जारी बैठकलाई स्थगित गरेर नयाँ बैठक बसिरहेको हो ।
पूर्वमन्त्री तथा काँग्रेस केन्द्रीय सदस्य खुमबहादुर खड्काको निधन भएपछि पार्टीको शोक प्रस्ताव पारित गर्न बैठक बसिरहेको एक नेताले जानकारी दिए ।
खड्काको शुक्रबार साँझ नयाँ दिल्लीमा निधन भएको थियो । उनको आइतबार दाहसंस्कार गर्ने कार्यक्रम छ ।















प्रतिक्रिया