२ कार्तिक २०८३, सोमबार

एक सातादेखि टेलिफोन सेवा अवरुद्ध

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाजुरा, १८ चैत । बाजुराको उत्तरी भेगमा रहेका चार स्थानीय तहका साबिकका ११ गाविसका लागि निर्माण गरिएको नेपाल टेलिकमको टावर एक सातादेखि बिग्रीदाँ टेलिफोन सेवा अवरुद्ध भइ सेवाग्राही मर्कामा परेका छन् ।

साबिकका ११ गाविसमा रहेका नमस्ते र स्काईका लागि निर्माण गरिएको उक्त टावरमा एक सातादेखि खराबी आएपछि स्थानीयवासी सम्पर्कविहीन बनेको नेपाल प्रेस युनियनका जिल्ला शाखाका अध्यक्ष छक्कबहादुर मल्लले जानकारी दिनुभयो । उहाँले दिएको जानकारीअनुसार लगातारको मौसम बदलीसँगै टेलिकमको टावरले काम गर्न छोडेपछि साबिकका ११ गाविसका स्थानीय सम्पर्कविहीन बन्नु परेको छ ।

साबिकका ११ गाविसका लागि निर्माण भएको टावरको नेटवर्कले बेलुकी ५ बजेदेखि भोलिपल्टको बिहान १० बजेसम्म घाम नलागुन्जेलसम्म नेटवर्कले काम नगर्ने समस्या हुँदाहुँदै पनि एक सातादेखि टावरमा खराबी आएर टेलिफोन सेवा अवरुद्ध हुँदा कसैको ध्यान नगएको स्थानीयवासी पदमबहादुर विष्टले बताउनु भयो । जनताले सहज रुपमा सञ्चार सेवा प्राप्त गर्न पाउने अधिकारलाई हनन गर्दै टेलिकम शाखा मुखदर्शक बनेको विष्टले बताउनुभयो । मर्मतका लागि टेलिकमको मर्मत टोली आइतबार बिहान डडेल्धुराबाट बाजुराका लागि आएको बताइएको छ । –रासस