२ कार्तिक २०८३, सोमबार

हनुमन्तेबाट नौ गाडी फोहोर संकलन

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर, १७ चैत । भक्तपुरको हनुमन्ते नदी सरसफाइको पाँचौ हप्ता शनिबार भक्तपुरको हनुमानघाट क्षेत्र सरसफाइ गरिएको छ ।

भक्तपुरका इतिहासविद् एवं प्राध्यापक डा पुरुषोत्तमलोचन श्रेष्ठको अगुवाइमा शनिबार भएको सरसफाइमा नौ गाडी फोहोर संकलन गरी सफाइ गरिएको छ । सफा भक्तपुर बनाउने अभियानअन्तर्गत प्रतिनिधिसभा सदस्य महेश बस्नेतले शुरु गर्नुभएको हुनमन्ते सरसफाइ अभियानलाई सूर्यविनायक नगरपालिकाले संयोजन गरिरहेको छ ।

भक्तपुरका चारवटै नगरपालिका एवं स्थानीय संघसंस्था र व्यक्तिहरुको सहभागिता रहेको सरसफाइमा सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापासहित नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना, स्थानीय जनप्रतिनिधिको समेत उल्लेख्य सहभागिता थियो । –रासस