२ कार्तिक २०८३, सोमबार

डीपीएल : काठमाडौँको विजय सुरुवात, धनगढी ७ विकेटले पराजित

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तस्वीरः रोशन सापकोटा/रासस

काठमाडौँ, १७ चैत । धनगढी प्रिमियर लिग (डीपीएल)मा काठमाडौँ गोल्डेन्सले विजय सुुरुवात गरेको छ । काठमाडौँले साविक विजेता टिम चौराह धनगढीलाई ७ विकेटले हराउँदै विजयी हासिल गरेको हो ।

टिम चौराहले दिएको १४६ रनको विजय लक्ष्य काठमाडौँले २० ओभरमा ३ विकेट गुमाउँदै पूरा ग¥यो। काठमाडौँका लागि अमित श्रेष्ठले नटआउट सर्वाधिक ८१ रनको योगदान गरे । त्यस्तै, नरेश बुढाएरले नटआउट २४ र जयकिशन कोल्सावालाले १६ रन जोडे । धनगढीका सम्शेद शेखले २ तथा सुनिल धमलाले १ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको धनगढीले २० ओभरमा ६ विकेट गुमाउदै १४५ रन बनाएको थियो । उसका लागि सुनिल धमलाले ६८ रन, शंकर रानाले ३६ रन, पुनित मिश्रले ९ रन बनाए । काठमाडौँका सहाब आलमले ३ तथा रशिद खान, सन्नी पटेल र शन्नी पटेलले एक–एक विकेट लिए ।