
काठमाडौँ, १७ चैत । प्रधानमन्त्री केपी शर्मा ओली निवास बालुवाटारमा कलाकारहरुका लागि दिवा भोजको आयोजना गरिएको छ । शुक्रबार बेलुकी सम्पन्न ‘दोश्रो फान अवार्ड’का विजेता, कलाकार, पत्रकारका लागि दिवा भोजको आयोजना गरिएको हो ।
प्रधानमन्त्रीको निमन्त्रणामा नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकारहरु मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, नायक राजेश हमाल, शिव श्रेष्ठ, नायिका करिश्मा मानन्धर, निर्देशक दीपाश्री निरौला, नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह बालुवाटार पुगेका थिए ।
यस्तै, कलाकारहरु सिताराम कट्टेल, केदार घिमिरे, विल्सन विक्रम राई, जितु नेपाल, सभासद् कोमल वली तथा चलचित्रकर्मीहरु लक्ष्मी गिरी, हरिहर शर्मा, निर शाहलाई पनि भोजमा देखिएको थियो ।















प्रतिक्रिया