३० आश्विन २०८३, शुक्रबार

ट्रम्पको एउटा ट्वीटले १०.७ अर्ब डलर गुम्यो

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– विजय थापा

न्यूयोर्क । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको एउटा ट्वीटका कारण विश्वकै सर्वाधिक धनी एमाजोनका प्रमुख जेफ बेजोसलाई १०.७ अर्ब डलर घाटा लागेको छ । सदाझैँ राष्ट्रपति ट्रम्पले एमाजोनलाई लक्षित गर्दै लेखेको उक्त शब्दहरुले ठूलो सुनामी ल्याइदिएको छ । विश्वमै अन्य प्रतिस्पर्धामा रहेका लाखौँ खुद्रा बिक्रेतालाई व्यापार बन्द समेत गराउने स्थितिमा पुर्याउने एमाजोनका प्रमुखले उनको कुल सम्पतिमा भारी नोक्सानी बेहोर्नु परेको छ ।

मार्च २९ तारिख राष्ट्रपति ट्रम्पले “मैले चुनाव अघि नै एमाजोन बारे मेरो धारणा राखेको कुरा भन्दै ट्वीट गरेका छन् । एमाजोनलाई इंगित गरे उनले स्थानीय तथा राज्यलाई कर कम तिर्ने या नतिर्ने भनी लेखेका थिए । अमेजोनको पद्दतिलाई समान पुर्याउने केटा जस्तै प्रयोग गर्ने र आश्चर्यजनक रुपमा हजारौँ खुद्रा बिक्रेताहरु व्यापारबाट बाहिरिएको भन्दै ट्रम्पले विरोध जनाएका थिए ।

गत बुधबार बिहानदेखि एमाजोनको शेयर करिब ९ प्रतिसत झर्न थालेको थियो । अहिले करिब १०.७ अर्ब डलर खुद घाटा बेजोसले बेहोर्नु परेको छ । केही समय अगाडि उनी संसारकै सर्वाधिक धनी व्यक्ति भएका थिए । बेजोसको एमाजोनमा कुल १०७.७ अर्ब डलर सम्पत्ति रहेको छ। एमाजोनको घाटा भएको खुद सम्पत्ति राष्ट्रपति ट्रम्पको कूल सम्पत्ति भन्दा पनि ज्यादा हुन्छ । एक अनुमान अनुसार राष्ट्रपतिको कुल अनुमानित सम्पत्ति ३.१ अर्ब डलर रहेको याहू न्युजले लेखेको छ ।

यो भन्दा अगाडि पनि राष्ट्रपति ट्रम्पले कर तिर्ने खुद्रा बिक्रेतालाई एमाजोनले ठूलो धक्का लगाएको लेखेका थिए । यसको साथै वाशिंगटन पोस्टमा स्वामित्व भएकोमा समेत आक्रमण गरेका थिए । वास्तवमा अन्य भौतिक रुपमा स्थापित खुद्रा बिक्रेतासँग प्रतिस्पर्धा गर्दै एमाजोनले बिक्रीकर झन्डै ४५ वटा राज्यसहित डिसीबाट संकलन गर्छ ।