
काठमाडौं, १७ चैत । एक मिनेटमा १८ पटक ‘मस्ट ट्वीस्टिङ ब्याक फ्लिप्स अफ वाल’ शिर्षमा गिनिज बुक अफ वर्ल्ड रेकर्ड कायम गरेका सशस्त्र प्रहरी जवान दिनेश सुनारले अर्को रेकर्ड कायम गर्ने तयारी गरेका छन् ।
यहि शिर्षकको ३० सेकेन्डको गिनिज रेकर्ड तोड्दै नयाँ रेकर्ड कायम गर्न शुक्रबार उनले काठमाडौंमा ‘पार्करिङ’ देखाए । ठमेलको आउट एडभेन्चर टाइमिङ सेन्टरमा ३० सेकेन्डमा उनले १२ पटक ‘मस्ट ट्वीस्टिङ ब्याक फ्लिप्स अफ वाल’ गरेका छन् ।

यो शिर्षकमा गिनिज बुकमा अहिलेसम्म १० पटकसम्म मात्र गरेको रेकर्ड कायम छ । ‘१२ पटक गरियो तर एउटा चाहीँ ल्यान्डिङमा समस्या आएका कारणले ११ पटक कायम भएको छ’, सुनारले भने ।
गिनिज बुकका लागि यो रेकर्ड पठाइएको र २ महिनामा रिजल्ट आउने उनले बताए । ‘अहिलेसम्म भएको रेकर्ड तोडियो, गिनिजमा पठाइएको छ । दुई महिनामा यसबारे जानकारी आउँछ’, सुनारले भने ।















प्रतिक्रिया