७ कार्तिक २०८३, शनिबार

एमाओवादीको बन्दुकले नडराएका जनता धाक–धम्कीले डराउँने कुरै छैनः खनाल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

jhalanathकाठमाडौँ, ४ पुस । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले सर्वसहमतिमा कुनै पनि हालतमा संविाधान जारी नहुने ठोकुवा गर्नुभएको छ । प्रेस चौतारी नेपालले शुक्रबार आयोजना गरेको अन्र्तरक्रियामा बोल्दै उहाँले यस्तो ठोकुवा गर्नुभएको हो ।

‘संविधानसभामा संवैद्यानिक राजतन्त्र चाहिन्छ भन्ने पनि छन्, संघीयता हुँदैन भन्ने पनि छन्,’ उहाँले भन्नुभयो, ‘यस्तो अवस्थामा कसरी सर्वसहमतिमा संविधान जारी हुन्छ ?’
उहाँले एमाओवादीलगाएतका दलहरुले सर्वसहमतिमा संविधान जारी नगरे रोक्छौँ भनेर भनेको अभिव्यत्ति धाक–धम्कीका लागि मात्र भएको स्पष्ट पार्नुभयो । ‘प्रक्रियामा गएर संविधान जारी गरे रोक्छौँ भनेर केही दलले धाक–धम्की दिने गरेका छन्,’ उहाँले भन्नुभयो, ‘वन्दुक पट्काउँदै गाउँगाउँ दगुर्दा त जनता डराएनन्, अब त्यस्ता धम्कीले कोही डराउँनेवाला छैनन् ।’

उहाँले एमाओवादीलाई पनि सहमतिमा आएर संविधान निर्माणको प्रक्रियामा जान आग्रह गर्नुभयो । दलहरु मिले माघ ८ मै संविधान जारी हुने उहाँको तर्क थियो । उहाँले माघ ८ मा संविधान जारी गर्न निक्कै चुनौति भएको भन्दै चुनौतिका तालुमा टेकेर संविधान जारी गरि छाड्ने दाबी गर्नुृभयो ।
कार्यक्रममा बोल्दै उहाँले नेकपा एमाले विवादलाई व्यवस्थित गर्न सिपालु पार्टी भएको भन्दै स्थायी र पोलिट्व्युरो निर्माणलाई त्यसैको संकेतको रुपमा बुझ्न आग्रह गर्नुभयो । एमाले स्थायी रुपमै एकतावद्ध भएर अघि बढ्ने उहाँको तर्क थियो ।