२ कार्तिक २०८३, सोमबार

चिसोले विराटनगरमा एक वृद्धको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, ४ पुस । मोरङमा शुक्रबार चिसोका कारण एक वृद्धको मृत्यु भएको छ ।

हसनदह गाविस–४ स्थित पौडेल चोकमा ८३ वर्षीय नुहा सतार मृत अवस्थामा फेलापरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

निज सतार पहिलेदेखि नै सडकमा हिँडडुल गर्ने र रात बिताउने गरेकाले चिसोको कारण मृत्यु भएको हुनसक्ने अनुमान गरिएकोे छ ।

निजको शव परीक्षणका लागि मङ्गलबारेस्थित स्वास्थ्य केन्द्रमा पठाइएको छ । विगत केही दिनदेखि पूर्वी क्षेत्रमा व्यापक रुपमा जाडो बढेको छ ।