विर्तामोड, ४ पुस । आफ्नै नाबालक छोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका झापा, गौरादह घर भएका प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य रमेश पोखरेललाई २० वर्ष कैद सजाय भएको छ ।
झापा जिल्ला अदालतका न्यायाधीश रमेशकुमार खत्रीको एकल इजालसले मङ्सिर २८ गते पोखरेललाई हाडनाता, नाबालक र जबर्जस्ती करणीमा उक्त सजाय सुनाउँदै रु चार लाख क्षतिपूर्ति बिगो भराउने समेत फैसला गरेको हो ।
विसं २०७० असोज १८ गते झापा जिल्ला अदालतमा दर्ता भएको मुद्दाको बादीतर्फ सरकारी वकिल जिल्ला न्यायाधिवक्ता प्रमोद भट्टराई र प्रतिवादीका तर्फबाट कानुन व्यवसायी चित्रबहादुर मगरले मुद्दामा बहस पैरवी गर्नुभएको थियो ।















प्रतिक्रिया