
झापा, १६ चैत । नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष गोविन्द थापाले उत्पादन गरेको रक्सी नै नक्कली भएको पुष्टि भएको छ ।
थापा सञ्चालक रहेको विनर्स लिकर्स प्रालिले नक्कली स्टिकर लगाएर रक्सी उत्पादन गरेको पुष्टि भएको हो । आन्तरिक राजश्व अनुसन्धान विभागले छापा मारेर अनुसन्धान गर्दा रक्सी उद्योगमा अन्तःशुल्कको नक्कली स्टिकर भेटिएको विभागले जनाएको छ । राजश्वको छापापछि झापाको गौरादह नगरपालिकामा सञ्चालित उनको कम्पनी बन्द भएको छ ।
थापा प्रधानमन्त्री केपी शर्मा ओलीको निकट भनेर चिनाउने गर्छन् । नक्कली स्टिकर भेटिएपछि विभागले कारबाहीका लागि झापाको आन्तरिक राजस्व कार्यालयका प्रमुख बोलराज आचार्यले जानकारी दिए ।















प्रतिक्रिया