काठमाडौँ, ४ पुस । ‘बचपन बचाओ’ आन्दोलनमार्फत भारत, नेपाललगायत दक्षिण एशियामा अभियान चलाईरहेका सन् २०१४ का नोवेल शान्ति पुरस्कार बिजेता कैलाश सत्यार्थी काठमाडौं आएका छन् ।
उनी शुक्रबार मध्यान्हमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमाा अवतरण भएका हुन् । एयर इन्डियाको उडानबाट काठमाडौं आएका सत्यार्थीले नेपाल बसाइको क्रममा राष्ट्रपति डा रामवरण यादव, प्रधानमन्त्री सुशील कोइराला लगायतका उच्च सरकारी अधिकारीलाई भेट्ने कार्यक्रम छ ।
उनले नेपाल बसाईकै क्रममा संसदको महिला तथा बालबालिका समितिका सदस्यसँग अन्तरक्रिया गर्ने कार्यक्रम पनि तय भएको छ । उनी राजधानी र बाहिरका विभिन्न कार्यक्रममा सहभागी हुने छन् ।
बिभिन्न नेपाली संस्थाहरुसँग मिलेर भारतमा बेचिएका बालबालिकाको उद्धारमा सहयोग गर्दै आएका उनलाई दाङमा नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ । सत्यार्थीले बाल अधिकारका क्षेत्रमा काम गरेका मानवअधिकारबादी संस्थाका प्रतिनिधिसँग पनि छलफल गर्नेछन् ।
‘















प्रतिक्रिया