२ कार्तिक २०८३, सोमबार

अन्तर्राष्ट्रियस्तरको पौडी पोखरी निर्माणमा तीव्रता

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपालगञ्ज, १६ चैत । नेपालगञ्ज रंगशालामा अन्तर्राष्ट्रियस्तरको पौडी पोखरी निर्माणको कामलाई अहिले तीव्रता दिइएको छ ।

विसं २०७५ मंसिरमा नेपालगञ्जमा हुने आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितालाई दृष्टिगत गरी पोखरी निर्माणमा तीव्रता दिइएको हो ।

पौडी पोखरी निर्माणका लागि रु २५ करोड ६५ लाख बजेट विनियोजन गरिएको छ । २५ मिटर लम्बाइ, ५० मिटर चौडाइ र साढे तीन मिटर गहिराइको उक्त पौडी पोखरी काठमाडौँपछि दोस्रो भएको क्षेत्रीय खेलकूद विकास समितिका अध्यक्ष भीम ओलीले बताउनुभयो । –रासस