१ कार्तिक २०८३, आइतबार

टेलिकमका मोबाइल उपभोक्तालाई निर्ब्याजी ऋण सेवा

840
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ चतै । नेपाल टेलिकमले आज शुक्रबारदेखि निर्ब्याजी ऋण सेवा संचालनमा ल्याएको छ । टेलिकमले प्रिपेड ग्राहकहरूलाई निर्ब्याजी ऋण उपलब्ध गराउने भएको हो ।

तत्कालीन व्यवस्थापिका संसदको विकास समितिले टेलिकमलाई सापटी सेवा सञ्चालन गर्न निर्देशन दिएको थियो । सोही अनुसार टेलिकमले माघ २२ गते नमस्ते क्रेडिट सेवाको सफ्ट लञ्च गरेको थियो ।

अब टेलिकमको प्रिपेड मोबाइल उपयोग गर्नेहरूले पैसा सकिएर फोन काटिने हैरानीबाट मुक्ति पाउनेछन् । टेलिकमले फोन गर्दा गर्दै काटिएमा ग्राहको खातामा स्वतः पैसा राखिदिनेछ। उपभोक्ताले रिचार्ज गरेपछि सो रकम काटिनेछ । सेवा शुल्क भने असुल्ने छैन् ।

शुक्रबार बिहान एक कार्यक्रमबीच सञ्चार तथा सूचना प्रबिधि राज्यमन्त्री गोँकुल बाँस्कोटाले नमस्ते क्रेडिट सेवाको आरम्भ गरेका हुन् ।